शितगंगा १३ मा ३ महिने सिलाई कटाई बाट ११ महिला उद्यमी उत्पादन

कपिलवस्तु । शितगंगा नगरापलिका वडा नम्बर १३ मुसिवानमा ३ महिने शिलाई कटाई तालिम बाट ११ महिला उद्यमी उत्पादन भएका छन । गत पुश १७ गते देखि मुसिवान स्वास्थ्य चौकिको सभाहलमा सुरु भएको तालिम बाट उक्त सङ्ख्यामा महिला उद्यमी उत्पादन भएका हुन ।

शितगंगा नगरपालिकाको उद्योग शाखाको आर्थिक सहयोग तथा वडा नम्बर १३ को समन्वयमा सञ्चालन भएको उक्त तालिममा वडाका ११ जना महिलाहरुलाई आफ्नो दैनिकीलाई सहज गराउन यस तालिमले विशेष सहयोग गर्ने वडा अध्यक्ष दुर्गा वि.सी. ले बताउनु भएको छ ।

त्यस्तै तालिममा सहभागि भएकी एक जनालाई वडा नम्बर ११ मा प्रशिक्षणको लागि समेत लगिएको उक्त सिलाई कटाई समुहकी प्रमुख सिता भाटक्षेत्रीले बताउनु भएको छ ।

यस्तै तालिममा सहभागि महिलाहरुलाई ५० प्रतिशत अनुदानमा ५ वटा शिलाई मेसिन प्रदान गरिएको छ भने अन्य ६ वटा मेसिन एक हप्ता पछि प्रदान गरिने जनाइएको छ ।

तिन महिने तालिममा विष्णु श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै तालिममा सहभागिह महिलाहरुले सिप नभएर आफुहरु फाल्टु बसिरहेको समयमा प्रभावकारी तालिमको व्यवस्था गरिदिएको भन्दै वडा अध्यक्ष वि.सी. र वडा परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation