माण्डवीले सुरु गर्यो एकीकृत घुम्ति शिविर

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर शुरु भएको छ । शिविर आज देखि वडा नं.-१ तिरामबाट अौपचारिक सुरु गरिएको हो।

शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश सोमबार,मङगलवार,बुधबार र बिहिवार सम्म सञ्चालन गर्ने योजना तय गरिएको छ । तिराम स्वास्थ केन्द्रमा सुरु भएको शिविरको गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर उदघाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले आफुहरु जनतालाइ सहज र प्रभाबकारी सेबा दिन लागि परेको भन्दै जनताको साथमा सधै स्थानीय सरकार रहेको बताउनु भयो।

यस्तै अध्यक्ष अधिकारीले जनताको सजिलोका निम्ति आफुहरुले सामाजिक सुरक्षा भत्ता,हरेक सेबा सहितको घुम्ती शिविर जनताको घरदैलोमा लिएको र यी सेवाहरुको अधिक्तम मात्रमा उपयोग गर्न स्थानीयहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफुहरु जनताको सेवामा निरन्तर क्रियाशील रहेको बताउदै शिविरले जनताका प्रत्यक्ष माग,आवश्यकता तथा समस्याहरुलाई सहज ढङ्गले संबोधन गर्ने विस्वास व्यक्त गर्नु भयो ।

वडा नं.१ का अध्यक्ष वाम बहादुर वुढाकाे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब कुमार पोख्रेलले गर्नु भएको थियो।सँगै उद्घाटन कार्यक्रममा शिविरको बारेमा सहजीकरण माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गर्नु भएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षण डा.सुप्रिम वन्जाडे सहितको टाेलीले गरेको छ।साथ‌ै शिविरमा स्वास्थ्य,पशु,कृषि,जेष्ठ नागरिक,अपाङ्ग परिचयपत्र,ब्यक्तिगत घटना तथा ब्यवसाय दर्ता लगायत गाउँपालिकाबाट दिइने सेवाहरु दिइएको छ । शिविर सोमबार गणेश आ.वि माण्डवी-२ ढिकावन मर्कावाङ्गमा सञ्चालन हुनेछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation