अंग दान गर्ने मानिसको खाँचो छ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मानव जातिको लागि रगतको आवश्यकता महत्वपूर्ण रहने बताए।

अरू कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरू दान गर्न सक्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ।

‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो।’  नेपालले भने, ‘रगत दिएर अरूको ज्यान बच्न सक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation