सैनामैना जेसीजको संसदीय प्रणाली बैठक सम्बन्धी तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना जेसीजले संसदीय प्रणाली बैठक सम्बन्धी तालिम प्रदान गरेको छ । जेसीजको बैठक बस्दा अपनाउनु पर्ने संसदीय विधिका विषयमा जानकारी गराउनको लागि तालिम प्रदान गरिएको हो । २ दिनसम्म सञ्चालन गरिएको तालिममा ४६ जनाको सहाभागिता रहेको सैनामैना जेसीजका अध्यक्ष यदुनन्द भण्डारीले जानकारी दिनुभयो ।

मातृ शाखा बुटवल जेसीज, छिमेकी शाखाहरु तिलोत्तमा, कपिलवस्तु , कन्चन, सिद्दार्थ, सुनवल ,रामनगर , रामग्राम ,रामग्राम महिला , बर्दघाट ,तिनाउ र सिबराज जेसीजको आयोजनामा सैनामैना जेसीजको ब्यबस्थापनमा दुई दिने आबासीय संसदिय प्रणाली बैठक तालीमको आयोजना गरिएको उहाँले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद जमुना ढकालले लोकतन्त्रको सुन्दर पक्ष संसदीय अभ्यास रहेको बताउँदै जेसीजबाट लोकतन्त्र सिक्ने सकिने बताउनु भयो ।

यस्तै कार्यक्रममा सैनामैना नगर उपप्रमुख बिना राना , नेपाल जेसीजका पुर्बराष्ट्रिय कार्यकारीणी उपाध्यक्ष कैलाश खाकी श्रेष्ठले तालिममा प्रशिक्षण दिनुभएको थियो । यस्तै कार्यक्रममा एरिया घ निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जीवन कार्की, सैनामैना जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष भिम बहादुर कुवर, राष्ट्रिय उपाध्यक्ष जेसी चन्द्रमणी भुसाल, राष्ट्रिय उपाध्यक्ष जेसी गुरुदेब पौडेल, सैनामैना जेसीजका सस्थापक अध्यक्ष रामप्रसाद अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । जेसीहरुको ब्यक्तित्वसँगै नेतृत्व विकासको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको सैनामैना जेसीजका महासचिव शिशिर ज्ञवालीले जानकारी दिनुभयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation