![](https://upakaronline.com/wp-content/uploads/2023/01/petrol-2-670x420.jpg)
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । अब डिजल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएको छ ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्रोलको भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।