बुटवलको पेन्टागनमा बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु संचालन हुँदै

कपिलवस्तु बिगत लामो समय देखि विभिन्न कक्षाहरु सञ्चान गरेर सेवा दिइरहेको लुम्बिनी पेन्टागन एजुकेशन सेन्टरले अहिले पनि बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

कानुन सङ्काय लगायत विभिन्न विषयमा प्लस टु सकेर बसेका विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै यहि जेष्ठ १० गतेदेखि कक्षाहरु सञ्चालन गर्न लागेको हो ।

बुटवल ८ मिलनचोकमा रहेको सेन्टर बाट अनलाइन आवेदन फारम भरिने, परिक्षामा अनुत्तिण विद्यार्थीहरुको लागि विशेष कक्षाको व्यवस्था लगायतका विभिन्न सुविधा सहितका कक्षा सञ्चालन हुन लागेको पनि सेन्टरले जनाएको छ ।

बिगतका वर्षहरुमा बि.एल.एल.बि. सहित अन्य ट्युसन कक्षाहरुलाई सफलतापुर्वक सम्पन्न गरि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको उक्त सेन्टरले अहिले पनि आफ्ना कक्षाहरुलाई सफल बनाउन विद्यार्थीको रुचि, चाहाना र आवश्यक्तालाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्ने जनाएको छ । बुटवलकै अन्य सेन्टरहरुले प्रवेश परिक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीहरु बाट चर्को मुल्य असुल्ने गरेको भन्दै त्यस प्रति सजग रहन पनि सेन्टरले आग्रह गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation