नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीलाई कारबाही माग गर्दै अर्घाखाँचीमा कांग्रेसको प्रदर्शन

अर्घाखाँची  ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा सक्रिय रहेको आरोपमा पक्राउ परेका  टोपबहादर रायमाझी, बालकृष्ण खाँणलगायतलाई कारबाहीको माग गर्दै अर्घाखाँची कांग्रेसका भ्रातृ संगठनले  सन्धिखर्कमा विरोधसभा आयोजना गरेका छन् ।

बीपी स्मृतिबाट सुरू भएको र्‍याली सन्धिखर्क मेनरोड, बैंकरोड परिक्रमा गरेर शान्ति बगैंचामा पुगेर कोणसभा भएको थियो ।

नेपाल तरुण दल, महिला संघ, नेविसंघ र भूपू सैनिक संघले आयोजना गरेको कोणसभामा कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले नेपालीलाई नक्कली शरणार्थी बनाउनेलाई सरकारले सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation