रास्वपाको संगठन बिस्तारमा तिब्रता : बुद्द्भुमी १ मा सम्पर्क कार्यालय उदघाटन

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन बिस्तार तीब्र गतिमा अगाडि बढेको छ।आज कपिलवस्तुको बुद्द्भुमी नगरपालिका वार्ड नम्बर १ मा शोभाखर पौडेल को नेतृत्व मा वडा सम्पर्क समिति गठन भएको छ।आज भएको वडा भेलामा वडाका सबै टोलबाट सबै कुरामा समाबेशी सहभागिता हुने गरि वडा कार्यसमिति गठन गर्ने निर्णय भएको छ।

जस्को सदस्य हरुमा गुमान शिंह दर्लामी,नर बहादुर बस्नेत,कल्पना शर्मा,मनिसा भुसाल ,बोम बहादुर खत्री ,दुर्गा बहादुर जि सि रहनुभएको छ।बिरपुर को शिबालय मन्दिर परिसर मा भएको कार्यक्रम शोभाखर भुसाल को सभापतित्व,रास्वपा कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी को प्रमुख आतिथ्यता,बिक्रम थापा,बाणगङ्गा ८ र ११ का सभापति गोबिन्द जि सि र नारायण खनाल को बिशिस्ट आतिथ्यता,टेकलाल बेल्बासे,गौरी प्रसाद बन्जाडे लगायत को आतिथ्यता मा वडाबासी नेत्री गङ्गा गैरे बस्नेतको स्वागत मन्तव्य मा कार्यक्रम सम्पन्न भएको छ।

साथै उक्त कार्यक्रम मा बिरपुर मै निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय को समेत उद्घाटन गरिएको छ।स्थानिय सामाजिक ब्याक्तित्व गंगा गैरे बस्नेतले परिवर्तनको पक्ष मा एकीकृत हुन सबैको भेलाका लागि निशुल्क रुपमा पार्टी कार्यालय उपलब्ध गराएको जानकारी दिनुभएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला सभापति शिव कुमार सुवेदीले बिसंगती र बेथिति का विरुद्ध एक भएर राष्ट्र निर्माण मा सबै जोडिन समग्र जिल्ला बासिलाइ आव्हान समेत गर्नुभएको छ।कार्यक्रम को संचालन बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्व्वासे गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation