सैनामैना ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी समिति गठन, अध्यक्षमा भट्टराई

सैनामैना । सैनामैना ७ मा रास्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति(सनिवार) गठन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा भेलाको आयोजना गरि राजन भट्टराईको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन भयको हो । कमिटीको उप सभापतिमा रन्जिता गौतम, सचीवमा कमल भट्ट क्षेत्री लगायत सदस्यहरु चयन भएका छ्न ।

कार्यक्रममा रास्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने नगर सभापति राजबहादुर क्षेत्रीको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य वडा न.१० का सभापती नमराज खनालले राखेका थिए । कार्यक्रमको संचालन नगर सह सचीव लक्ष्मण पौडेलले गरेका हुन । कार्यक्रम सैनामैना ७ को देउवापारमा रहेको सभाहलमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation