निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्याल निर्वाचित

कपिलवस्तु । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् ।

सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन् ।  अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् ।

संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्धितिय उपाध्यक्षमा सुनिल शुक्ला, महासचिवमा शिव दयाल ठाकुर, सचिवमा रमेश मिश्र, कोषाध्यक्षमा लाल मोहर तेली, सह-कोषाध्यक्षमा नलिन गौतम भुसाल विजयी भएको जनाइएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation