कपिलवस्तुको शिवराजमा बस पल्टिदा २० जना घाईते

कपिलवस्तु । पुर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरमा शनिवार बिहान ४ बजेतिर बस पल्टिदा २० जना घाईते भएका छन । काठमाण्डौ देखि धनगढीकालागि हिडेको सुदुर पश्चिम प्रदेश ०१–००१ ख – २३– ४७ नम्बरको रात्री बस पल्दिटा बसमा सवार २० जना र्घाईते भएका हुन ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना अनुसार बस चिप्लिएर बस अनियन्त्रित भई पल्टिएको हो ।
बसमा सवार २० जना सामान्य घाईते भएको र उनीहरुको चन्द्रौटा स्थित संजीवनी मेडिकलमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था खतारामुक्त रहेको तिमिल्सिनाले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation