सप्तरीको बरहि बिरपुर स्थित नहरमा बेबारिसे पुरुषको शव फेला

सप्तरी । बाबा विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक पुरुषको शव फेला परेको छ । आज बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाको बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित कोशि नहरमा वेबारिसे अवस्थामा शव फेला परेको हो ।

दुई दिन अगाडि मात्रै बाबा विश्वकर्माको मुर्ती सेलाउन सप्तरीको राजविराजबाट आएको टोलिमध्ये एक जना अन्दाजि २५/२९ बर्षिय युवक डुबेर बेपता भएको थियो । झण्डै दुई दिन पछि आज बिहान पुरुषको शव मृत अवस्थामा कोशि नहरमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विगत दुई दिन देखि सो शवको खोजि कार्य भइरहेको तर नहरमा पानिको मात्रा बढि रहेकाले फेला नपरेको तथा नहरमा पानी घटेपछि आज बिहान सो शव मृत अवस्थामा फेला परेको बताउनुभयो ।

यता सो शवलाइ सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीयबासिहरुको सहयोगमा नहरबाट निकाली शवलाइ पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पताल पठाएको प्रहरीले जनाएको छ । उक्त शवको सनाखन हुन नसकेपनि घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation