
कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिकामा कुखुरा बोक्ने गाडी दुर्घटनाहुँदा २ जना घाइते भएका हुन् ।
चन्द्रौटा देखि दाङ तर्फ जादै गरेको लु १ च ९९२० नम्बरको कुखुरा बोक्ने गाडि ओभर स्पिडको कारण अनियन्त्रित भइ शिवराज १ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा चलाक र सहचालकालाई सामन्य चोट लागेको छ अहिले उनिहरुको अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।