नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा देव बस्नेत

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा देव बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको घोराहीमा भएको दोस्रो अधिवेशनबाट पुन देव बस्नेतको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

जसको उपाध्यक्षमा बाबुराम खनाल, महिला उपाध्यक्षमा बन्दना अर्याल, सचिवमा झबिन्द्र प्रसाद पौडेल, कोषध्यक्षमा भास्कर देवकोटा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अर्जुन गौतम, एम एम रजा, सुरेनद्र पाण्डे, निर्मला पाण्डे, दिपक पन्थी चयन हुनुभएको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता, नेपाल आयुर्वेद औषधी व्यावसायी संघ केन्द्रीय अध्यक्ष जंगराज गिरि, संघका संस्थापक अध्यक्ष उद्दव गौतम, को बिशिष्ट आतिथ्यता तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय सचिव यमलाल भट्टराई, संघका प्रदेश संयोजक गिरिराज भट्टराई, कपिलवस्तु जिल्ला अध्यक्ष गोपाल बन्जाडे, अन्य जिल्लाका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै घोराही उपमाहानगर प्रमुख नरुलाल चौधरीले नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरु लाई बधाइ तथा शुभकामना दिदै उक्त कार्यसमितिले स्वास्थ्यको क्षेत्रमा सकरात्मक उर्जा थप्दै महत्वपुर्ण कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै आयुर्वेद औषधि व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बन्जाडेले नवनिर्वाचित पदाधिकारीहरु लाई बधाइ तथा शुभकामना दिदै जिल्लामा प्रभावकारी कार्य गर्नमा प्रदेश तहले सहयोग गर्नेमा आफु ढुक्क रहेको बताउनु भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation