न्यू एकेडेमी बोर्डिङ स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय–अभिभावक सहकार्य अपरिहार्य रहेको वक्ताहरूको जोड

सैनामैना । न्यू एकेडेमी बोर्डिङ स्कुलले प्रि–स्कुल तथा आधारभूत तहमा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद पौडेलले गर्नुभएको थियो। स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमिक चिफ नवीन प्रभुले अभिभावकलाई विद्यालय परिवारको अभिन्न साझेदारका रूपमा स्वागत गर्दै बालबालिकाको पहिलो विद्यालय परिवार र दोस्रो विद्यालय शिक्षण संस्था भएकाले दुवै पक्ष एउटै लक्ष्य र प्रतिबद्धताका साथ अघि बढे मात्र समग्र विकास सम्भव हुने बताउनुभयो।May be an image of one or more people, flower and dais

विद्यालयका प्राचार्य टोपलाल भट्टराईले न्यू एकेडेमी बोर्डिङ स्कुलले शैक्षिक उत्कृष्टतासँगै संस्कार, अनुशासन, सिर्जनशीलता तथा जीवनोपयोगी सीपको विकासलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बालबालिकाको अन्तर्निहित प्रतिभा उजागर गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले अभिभावकको विश्वास, साथ, सुझाव र सहकार्य नै विद्यालयको सबैभन्दा ठूलो शक्ति र प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा काठमाडौंबाट आउनुभएका प्रशिक्षक प्रितम पौडेलले प्रारम्भिक शिक्षाको महत्त्व, घर र विद्यालयबीचको सहकार्य, सकारात्मक अभिभावकत्व तथा बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो।May be an image of one or more people and violin

उहाँले ‘The Art of Joyful Parenting’ अवधारणाअनुसार घरमा सिर्जना हुने प्रेमपूर्ण, सुरक्षित र सकारात्मक वातावरणले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास, सिकाइ क्षमता, भावनात्मक सन्तुलन तथा नैतिक मूल्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय र अभिभावकबीच निरन्तर सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम अत्यन्त उपयोगी, ज्ञानवर्द्धक तथा प्रेरणादायी रहेको प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।May be an image of one or more people and daisMay be an image of skateboard and text that says '730/2061-62(0CR) 62(DEO "A 'Aschool fo EW ACADE tive value based tive&valuebasedlife" life" ainamaına-3, BOARDING 果 Rupandehi™ PRE-PRIMARY LEVEL पोजेटिभ भाईब्रिशन சாதட THE ART OF PARENTING प्रितम प्रितमपौइ्याल पौइयाल wAcademyRoeis&Videot'

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation