सल्यान जीप दुर्घटना अपडेटः मृतक ८ जनाकै परिचय खुल्यो

सल्यान । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् । दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्किँदै गरेको जीप कपुरकोट–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation