श्रृङ्गीघाट सामुदायिक वनको १०औं बार्षिक साधारण सभा सम्पन्न, वैज्ञानिक वन व्यावस्थापनमा जोड

कपिलवस्तु। कपिलवस्तुको बाणगंगाका चार वटा वडा समेटिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिवार कुलापानि समितिको सभाहल जितपुरमा वनको १० औं बार्षिक साधारण भएको हो ।

साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा आधारित कार्ययोजना तयार गरी प्रस्तुत गरिएको थिायो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले वनको व्यावस्थापनका लागि वैज्ञानिक रणनिती अवलम्वन गर्नुपर्ने बताउनु भयो । उहाँले गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । यस्तै उहाँले सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । वन उहाँले विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो । नमूना मापनको आधारमा वनश्रोत सर्वेक्षण गरी मौज्दात आँकलन गरि वार्षिक स्वीकार्य कटानमा आधारित वन व्यवस्थापन गरिदै आएको उहाँको भनाई छ ।

२०७१ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसार वन संवर्द्धन प्रणालिमा आधारित व्यवस्थापन हुंदै आइरहेकोमा हाल कार्यविधि खारेज भएको छ । २०७१ वमोजिम तथा सो अगावै तयार भै कार्यान्वयन भएका सामुदायिक, साझेदारी तथा चक्ला वनको कार्यायोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको सुवेदिको भनाई छ । कार्यक्रममा उहाँले दिगो वन व्यवस्थापनको जानकारी दिदैं भन्नुभयो “वनले प्रदान गर्ने वस्तु (काठ दाउरा जडिबुटी आदि० तथा सेवा ९जैविक विविधता कार्वण शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने आदि) को निरन्तरता वा अभिबृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’ यसलाई हासिल गर्न वन विज्ञानका सिद्दान्तको आधारमा बिभिन्न वन संवर्दन तथा व्यवस्थापनका कृयाकलापहरु ब्यवस्थित रुपमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीले आर्थिक वर्ष २०७९/०८०को प्रस्तावित आय तथा खर्च सहितको बार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा वनका सचिव सुष्मा खाँणले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो । यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को लेखा प्रगति प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा वडा न। ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर, शिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय तैलिहवाका सहयक वन अधिकृत मदन स्याण्डील्य, ईलाका प्रहरी कार्यलय पिपराका दिपक बाबु केसि, ससस्त्र प्रहरि पिपराका प्रतिनिधी बाबुराम गैरे लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपाध्यक्ष बुद्ध बहादुर शाहिको स्वागत तथा सचिव सचिव सुष्मा खाँणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा करिव दुई सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation