माओवादी केन्द्र कपिलवस्तुको नेतृत्व बेल्वासेलाई

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको संयोजकमा विष्णु बेल्वासले जिम्मेवारी पाएका छन् । बेल्वासेलाई जिल्ला संयोजक बनाएको उक्त पार्टीले जनाएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ निवासी बेल्वासे पार्टीका जिल्ला तहका नेता थिए । माओवादीको परिमार्जित विधान अनुसार जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति भन्ने गरिएको छ ।

माओवादीमा लामो समय जिल्लाको नेतृत्व रामचन्द्र शाहले गर्दै आएका थिए । उनी हाल लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य रहेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation