विना रानाको नेतृत्वमा सैनामैनामा वजार अनुगमन

सैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख विना रानाको नेतृत्वमा, सैनामैना नगरपालिकामा कार्यरत कर्मचारी, नगर प्रहरी, उद्योग वाणिज्य संघ, व्यापार संघ, उपभोक्ता संरक्षण मञ्च, होटल व्यवसायी, पत्रकार, प्रहरी लगाएत सरोकारवाला निकायले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

विहिवार वडा नं. १० को सालझण्डी वडा नं. ८ को बासगढी बजारको अनुगमन गरेका उप प्रमुख रानाले बताउनुभयो । त्यस्तै आज (शुक्रवार) वडा नं. ६ कलौनी, वडा नं. ५ को बुद्धनगर, वडा नं. ३ र ४ को मुर्गिया, वडा नं. १ को रानिबगिया वजारको अनुगमन गरिेएको हो ।

No description available.
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ । बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, करछलि गरेर बिक्रि गरिएका वस्तु, जङफुड, खाद्य वस्तु विक्रि वितरण गर्न रोक लगाइएको छ । मासु जन्य पसलहरुलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको जनाएको छ । सैनामैना नगरपालिकाका भित्रका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिने नगर पालिकाले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation