दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते

दाङ । शनिवार दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमका अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation