गठबन्धन र एमालेको समर्थनमा दीपक मनाङे निर्विरोध निर्वाचित

गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

मनाङको प्रदेशसभा खुबाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे लामा गुरूङले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिन बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

‘स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरूङले उम्मेदवारी फिर्ता लिन निवेदन दिनुभएको छ,’ मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले सेतोपाटीलाई भने, ‘यस विषयमा हामी दिउँसो १ बजेपछि निर्णय लिन्छौं।’

दोर्जेको उम्मेदवारी फिर्तासँगै उक्त क्षेत्रमा मनाङे मात्र उम्मेदवार बाँकी रहेको सिलवालले बताए।

‘निर्वाचित भएको औपचारिक घोषणा गरेका छैनौं, १ बजेपछि मात्र हुन्छ,’ उनले भने।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation