मोटरसाइकल दुर्घटनामा घाईते के.सीको उपचारको क्रममा मृत्यु

बाणगंगा । मोटरसाइकल दुर्घटनामा परि घाईते भएका बाणगंगाका एक युवकको मृत्यु भएको छ ।
वाणगंगा ९ निवासी रमेश केसी गत आश्विन २४ गते चारनम्बरबाट राष्ट्रिय युवासंघ नेपाल कपिलवस्तुको बैठक सकेर घर फर्कने क्रममा वाणगंगा पुल नजिक गाई संग मोटरसाइकल ठक्कर खाएपछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ ।

यसैबिच युवा संघको कपिलवस्तुको जिल्ला सचिवालय सदस्य रहेका केसीको असामयिक निधन प्रति राष्ट्रिय युवासंघ नेपाल कपिलवस्तु र नेकपा एमालेका पार्टी पंक्तिले श्रद्धान्जली ब्यक्त गरेको छ । जुझारु युवा नेता केसीको निधनले सिंगो युवा संघ परिवार र नेकपा एमाले पार्टीलाई ठुलो क्षति भएको भन्दै परिवारप्रति गहिरो समबेदना प्रकट गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation