हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दाङमा दुई बाल बालिकाको शब फेला

दाङ । दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।

तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षको रोशनी महतारालाई आइतबार आज जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताए । दुवै जनाको शब एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन् गरेपछि पहिचान खुलेको हो ।

शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको उनले बताए । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation