माओवादी केन्द्रबाट पुर्व वडाध्यक्ष जितेका अर्याल एमालेमा प्रवेश

बाणगङ्गा । नेकपा (माओवादी केन्द्र) का लोकप्रिय नेता सोमनाथ अर्यालले पार्टी परित्याग गरेका छन् । अर्यालले गत २०७४ सालको स्थानिय तह निर्वाचनमा बाणगंगा नगरपालिका वडा नंं. ११ बाट निर्वाचित भएका थिए । माओवादीको बाणगङ्गा भित्र राम्रो जनमत भएका अर्यालले माओवादी त्याग्दै एमाले रोजेका हुन् ।

आइतबार एक कार्यक्रमका बीच अर्याल एमालेमा औपचारिक रुपमा प्रवेश गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा बाणगङ्गा नगरपालिका वडा नम्बर ११ को वडाध्यक्ष जितेका अर्याल गत बैशाख ३० को निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए ।
पार्टी कमजोर रहदा पनि वडामा राम्रो जनमत बनाएका अर्यालले एकाएक माओवादी परित्याग गरे पछि सत्तारुढ गठबन्धनलाई धक्का लागेको छ ।

प्रतिनिधि सभा १ मा माओवादीका चक्रपाणी खनाल (बलदेव) उम्मेदवार बनेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation