सैनामैना ५ मा एमाले निर्वाचन परिचालन कार्यालयको उद्घाटन

सैनामैना । नेकपा (एमाले) रुपन्देही क्षेत्र नं. ५ (क) अन्तर्गत निर्वाचन परिचालन प्रचार प्रसार कार्यलयको उद्घाटन गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा शाखा कमिटी निर्वाचन परिचालन संयुक्त प्रचार प्रसार कार्यालय, उम्मेदवार परिचय, तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम शाखा कमिटी अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सोमवार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले पोलिट व्युरो सदस्य खिमलाल भट्टराईको प्रमुख आथित्यता, रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार बासुदेव घिमिरेको, रुपन्देही क्षेत्र नं. ५ (क) प्रदेश सदस्यका उम्मेदवार भुमिश्वर ढकालको विशिष्ट आथित्यता, नेकपा (एमाले) नगर अध्यक्ष चेतनारायण न्योपाने पार्टीका नेता तथा सकृय कार्यकर्ता लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार बासुदेव घिमिरेले यस क्षेत्रमा जित सुनिश्चित भएको बताउनुभयो । टिकट वितरणमा केहि प्राविधिक समस्या भएपनि अहिले पार्टिले जित्नु पर्छ भन्ने मान्यता लिएर सवै नेता कार्यकर्ता हिडेको बताउदै पार्टिका नेता तथा पोलिटव्युरो सदस्य खिमलाल भट्टराईको प्रशंसा गर्दै दक्षिणी भेगका जनता पनि एमाले प्रति आर्कषित रहेकोले यसपालि नेकपा एमालेले जित्ने पक्का भएको जनाउनुभयो ।
यस्तै प्रदेश सभाका उम्मेदवार, केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालले खिमलाल भट्टराइ भन्दा सिनियर मान्छे घनश्याम भुसाल विगतमा पनि सांसद बनायो एकपटक नभएर पटक पटक सांसद बानायो तर एक पटक टिकट नपाएर पार्टि छाडेर जाने त्यस्ता एक थरी नेता हुन्छन अर्को नेता पटक पटक टिकट नपाउदा पनि पार्टिमै रहेर पार्टिलाई जिताउन लाक्छन् । यतिवेला यहाका सारा जनताले खिमलाल भट्टराई हामीलाई चाहिन्छ भनिरहदा प्राविधिक कारण वस टिकट नपाए पनि भट्टराईले पार्टि जिताउन लाक्छु यो क्षेत्रको संयोजक वनेर यस क्षेत्रका उम्मेदवारलाई जिताउन लाग्छु भनेर लाग्नु भएको छ त्यो एउटा कम्युनिष्टमा हुने त्याग भएको बताउदै धन्यवाद व्यक्त गर्नुभयो । भट्टराईबाट आफुहरुले धेरै कुरा सिक्नुपर्ने बताउदे पार्टिलाई जिताउन सवै आ–आफ्नो तर्फ बाट लाग्न समेत आग्रह गर्नुभयो ।

यस्तै प्रमुख अतिथि तथा नेकपा एमाले पोलित व्युरो सदस्य खिमलाल भट्टराइले नेपाललाई विकास गर्ने, समेद्ध बनाउने दागत नेकपा एमालेमा भएको बताउनुभयो । नेपाली जनताले मात्र नभएर अन्तराष्ट्रि जगतले समेत बुझेको बताउदै, भिजन, मिसन नेकमा एमालेमा भएकोले नेकपा एमालेले जित्नु पर्ने बताउनुभयो । जनताको जीवन बदल्न, राष्ट्रलाई परिवर्तन गर्न जनताले एमालेको आवश्यकता देखेको र रुपन्देही क्षेत्र नं. ५ मा पनि नेकपा एमालेले जित्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रम वडा उपाध्यक्ष मनकुमारी राईकोको स्वागत मन्तव्य र वडा सचिव भिम सुवेदीको सञ्चालनमा सम्पन्न भएको हो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation