अपडेटः सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना मृतकको संख्या ४ पुग्यो

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उपरिक्षक घलेले पुष्टि गर्नुभयो । यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भैरहेको छ । यसअघि शुक्रबार साझ नै चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयबासी अमर तङनामीको मृत्यु भएको थियो ।
शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वडा नं। ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै दुर्घटनामा परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । स्थानीयबासीले भने सशस्त्र प्रहरी सवार ट्रकको लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation