
टोपराम केसी
रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रोल्पाको सुलिचौरमा बुधबार जीप दुर्घटनामा परेको हो । लिवाङ–भालुवाङ सडकखण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका ४ मा जिप दुर्घटनामा परेको हो । त्यहाँबाट गजुलतर्फ जाँदै गरेको जिप सडकबाट १ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।घटना वारे थप विवरण आउन वाँकी रहेको छ।