प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक

उपकार अनलाइन, सैनामैना ।

सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि रुपन्देहीमा कार्यान्वयन हुन सकेको छैन।

तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला सीमा–नाकाको फाइदा उठाउँदै गैरकानुनी रूपमा भित्र्याइने यी सामग्रीको बिक्री–वितरणमा स्थानीय प्रशासन भने बेखबर बन्ने गरेको छ।

विगतमा किराना र रङ पसलहरूमा लुकिछिपी बिक्री–वितरण हुने पटकाहरू यसपटक विद्यालयअगाडिकै कतिपय पुस्तक पसलमा खुलेआम बिक्री भएको पाइएको छ। त्यस्तै डिपार्टमेन्टल स्टोरमा पनि पाइन थालेको छ। यसोतो प्रहरी कार्यालयकै अगाडीनै वेचेरहेका छन् । जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि साँझको समयमा यत्रतत्र पटका पड्किएको आवाजले बालबालिका तथा वृद्धवृद्धालाई आतंकित बनाएको छ ।

प्रहरी प्रशासनको बेवास्ताका कारण पछिल्लो समय रुपन्देहीको बुटवल, सैनामैना तथा आसपासका क्षेत्रहरूमा गैरकानुनी क्रियाकलापले प्रसय पाउन थालेको सर्वसाधारणको गुनासो छ। प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक बन्ने बस्ने गरेको छ ।

रमाइलोका लागि भन्दै पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

आतिसबाजी पटका, झिरझिरे, आलुबम जस्ता विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation