आर्थिक अवस्था कमजोर भएपछि ८ बर्षदेखी मुटु रोगले छटपटाउदै बाणगंगाका आर्यन (भिडियो)

उपकार अनलाइन, जीतपुर ।

कपिलवस्तु जिल्लाको वाणगंगा ३ सिउटीका ९ वर्षिय आर्यन थारु विगत ८ वर्षदेखी मुटुको रोगले छटपटाइरहेका छन । मुटुमा प्वाल परेका थारुको उपचारको लागि परिवारको आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या भएको छ । काठमाडौको गंगालाल अस्पतालमा चेक जाँच पछि अस्पतालले अप्रेसनको डेट तोकेको छ । उनकि आमा शिवकुमारी थारुका अनुसार अप्रेसनको लागि अस्पतालले रु ७ लाख मागेको छ । समयमा अप्रेसन हुन नसके बालकको ज्यान समेत जान सक्ने अस्पतालले जनाएको उनले भनिन् । आर्यनकि आमामले आफ्नो केहि सम्पति नभएकाले उपचारमा सहयोग गर्न हार गुहार गर्नु परेरको बताईन् । आर्यनका बाबुले ज्याला मजदुरी गरेर बल्ल तल्ल १० हजार कमाउछन् त्यसले घर चलाउनेकि उपचार गर्ने भन्ने ठुलो संकट भएकाले आफुले मिडिया मार्फत अपिल गर्न परेको बताईन ।

शिवकुमारी थारु पनि विगत लामो समयदेखी मुटुको रोगी भएको र परिवारले आर्थिक स्रोत जुटाउन नसकेका कारण अहिले आमा छोरा नै मृत्युको मुखमा छटपटाइरहेका छन । अस्पतालका अनुसार आमाको उपचारको लागी पनि करिब ७ लाख रकम आवश्यक पर्ने भनेको छ । त्यो रकम परिवारले जुटाउन नसकेकोले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । अस्पतालले छोरा ८ वर्ष पुगेपछी अप्रेशन गर्नु भनेपनि अहिले ९ वर्षको हुँदा समेत आर्थिक अवस्थाका कारण उनको उपचार हुन सकेको छैन ।
निम्न आयस्तर भएको परिवारमा दैनिक छाक टार्न समेत सकस पर्ने गरेको उनका छिमेकिले बताँउछन् । एकै आठ नम्बरी जग्गामा बनेको झुपडिमा आर्यनको परिवार सहित तिन भाईको बसाई छ । घरका भाईहरुले नै सहयोग नगर्दा झन समस्या भएको परिवारको भनाई छ । ६ महिना पछि मुटुकै अप्रेशन गर्नुपर्ने आमा शिवकुमारिले आफ्नो स्वास्थ्य अवस्था जे भए पनि छोरालाई बचाइदिन भनि विलौना गरेकी छिन ।

परिवारले आर्यन बचाउनकालागि ग्लोवल आई.एम.ई. बैकको खाता नम्बरमा सहयोग गर्न अपिल गरेका छन् ।
खाता नामः शिव कुमारी थारु
खाता न। ८६६०७०१००५२१००
चारनम्बर जितपुर कपिलवस्तु

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation