देशको सर्वाङ्गिण विकासका लागि नेकपा एमालेको जीत अपरिहार्य: खिमलाल भट्टराई

उपकार अनलाइन, सैनामैना ।
देशको सर्वाङ्गिण विकासका लागि नेकपा एमालेको जीत अपरिहार्य रहेको नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराइले बताउनु भएको छ । वर्तमान सरकारका कारण अहिले सम्मका प्राप्त उपलब्धिहरु माथि खतरा रहेको भन्दै यिनको रक्षा एमालेले मात्र गर्न सक्ने नेता भट्टराइले बताउनुभएको छ । गठबन्धन सरकारका कारण देश र जनताले सास्ती मात्र भोग्नु परेको र देशले निकास पाउनका निमित्त नेकपा एमालेको सरकार आवश्यक रहेको भन्दै एमालेले जित्नु पर्ने धारणा उहाँले राख्नु भएको थियो । त्यसका लागि पार्टीले गरेको निर्णयलाई सबैले बफादारी पुर्ण पालना गरि पार्टीका उम्मेदवारलाई जिताउन सबै आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनु भयो ।

यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले यस क्षेत्रबाट आफु निर्वाचित भए नेपालमै मोडेल निर्वाचन क्षेत्रको रुपमा बिकास गर्ने बताउनुभयो । उम्मेदवार घिमिरेले आफु निर्वाचित भए पछि आफ्ना मतदाताको शिर सधै उच्च राख्ने र कहिल्यै पनि मतदाता सङ्ग शिर निहुराएर हिडने अवस्था सृजना हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य रुपन्देही ५ (क) का पदका उम्मेदवार भुमिश्वर ढकालले यस क्षेत्रको विकास एमाले नेतृत्व बिना असम्भब रहेको भन्दै सघ र प्रदेशम एमालेको सरकार निर्माण गर्न सबैलाई एमालेको पक्षमा माहोल सृजना गरि मतदान गर्न गराउन आग्रह गर्नु भएको थियो ।

पार्टीका निति कार्यक्रम र प्रस्तुत गरेक घोषणा पत्र अनुसार काम गरि नेपाललाई समृद्धिको दिशामा लैजान यस पटक सबैले सुर्य चिन्हमा मतदान गर्नु पर्ने कार्यक्रमका वक्ताहरूले बताउनुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation