जनता भन्छन् विष्णु पन्थीलाई फेरी जिताएर समृद्धी भित्राउछौं

उपकार अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु प्रदेश क्षेत्र १ क का मतदाताले निवर्तमान सांसद एवम एमालेवाट प्रदेश सभाका उम्मेदवार विष्णु पन्थीलाई फेरी जिताउने प्रतिवद्धता दोहोराएका छन् । दुखमा साथ दिएका पन्थीलाई फेरी जिताएर समृद्धी भित्राउने वताएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ केबलपुरका जनताले विष्णु पन्थीलाई भेट्दा धेरै खुशी भएका हुन् । उनीहरुले विगतको कोभिड महामारीको क्रममा किसानको समस्या समाधानको लागि घरमै पुगेका थिए ।लकडाउनका कारण आवातजावत ठप्प भएका बेला पन्थी किसानको घरमै पुगेर ढाढस दिएका पन्थीलाई भेट्दा थप खुशी भएका थिए । आफनो तरकारी नबिकेर खेतबारीमै खेर फाल्नु परेको अवस्थामा पन्थी किसानका घरघरमा पुगेर नविकेको तरकारी बिक्री गर्ने कार्यमा पहल गरेका हुन् । तत्कालिन समयमा कोभिडको महामारी फैलिएकाले किसानले आफुले उत्पादन गरेको तरकारी बजार पु¥याउन मुस्किल थियो भने कतिपय अवस्थामा आवात जावतमा समेत रोक लगाइएको अवस्था थियो ।

तत्कालिन प्रदेश सभा सदस्य विष्णु पन्थीले केवलपुरका किसानको खेतबारीमै पुगेर उनीहरुको दुखमा साथ दिएका थिए । किसानको खेर गइरहेको तरकारी विक्रीका लागि सांसद पन्थीले व्यवस्था मिलाएको घटना मतदाताले सम्झिरहेको बताए । ‘लाखौंको तरकारी खेतबारीमै खेर जाने अवस्था थियो, किसान गोविन्द बराईले भने, कोभिडका कारण तरकारी विक्री गर्न जान पाइदैनथ्यो’ । किसान राधे मल्लाहले भने, लाखौंको तरकारी विक्रीका लागि बजार लैजान बजार बन्द थियो र स्थानीय तहले बाहिरका तरकारीलाई समेत रोक लगाएको थियो, हामी पीडित भएका थियौं । त्यस्तो कठिन अवस्थामा सांसद पन्थीले हाम्रो घरमा आएर तरकारी विक्रीको प्रवन्ध मिलाइएको हामीले भुलेका छैनौं ।

कोभिडको संकटमा पन्थीले कोभिडको कुनै प्रवाह नगरी कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिकाका किसानका खेतवारीमा पुगेर नष्ट हुन लागेको तरकारी विक्री गरिदएकोले दुखको अवस्थामा साथ दिएको भन्दै मतदिने मतदाताले बताएका छन् । त्यस्तै पन्थीले कोभिड महामारीको समयमा संक्रमित भई घरमै बसेकालाई भेटी मनोवल उच्च गराएका थिए भने विरामीलाई उपचारका लागि विभिन्न अस्पतालमा लैजान पहल गरेका थिए ।।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation