उत्कृष्ट क्षेत्र बनाउने योजना लिएर मतदाताको घरदैलोमा पुगे घिमिरे

बुटवल । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन्। यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ लगायत अन्य वडामा घरदैलो समेत गरिएको छ।

घरदैलोको क्रममा जनताको समस्या बुझ्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरे क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तिकरणका क्षेत्रमा रहेका तमाम समस्या हल गर्ने प्रतिबद्धता जनाए। घरदैलोमा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु भुमिश्वर ढकाल, प्रदेश रामचन्द्र यादवको पनि सहभागिता रहेको थियो।

प्रतिनिधिसभाका एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार बासुदेव घिमिरे तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख हुन्। तिलोत्तमा नगरपालिकाको पहिलो नगर प्रमुख हुँदा उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा नगरपालिका देशकैं नमूना नगरपालिका बन्न सफल भएको छ।

पाँच वर्षे कार्यकालमा बासुदेव घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भएका छन्। तिलोत्तमा नगरपालिकाले सुरु गरेका गरेका कामहरु अन्य पालिकाहरुले समेत अनुसरण गर्दै गएका छन्।

उनको नेतृत्वमा भएका कामको कारण अचेल यहाँका बासिन्दाहरु तिलोत्तमाबासी हुन पाएकोमा गर्व गर्छन्। बासुदेव घिमिरेको अगुवाईमा तिलोत्तमा नगरपालिकामा भएका कामले यहाँका विद्यालय, स्वास्थ्य संस्था, सडक, कृषि, खानेपानी, सरसफाईलगायतका सबै क्षेत्रमा देखिने प्रगति भएको छ। एउटा असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि बन्दा सबै क्षेत्रमा परिवर्तन गर्न सकिन्छ भन्ने कुराको पुष्टि बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा देखाएका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation