बुटवल । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने भएको छ।
अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए।
हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौं,ु अभियानका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका अर्यालले भने।
रूपन्देहीको विकासमा विष्णु पौडेलको भूमिका कसैले पनि अवमूल्यन गर्नु हुँदैन त्यसैले हामीले यो निर्णय लियौुं,अर्यालले थपे।