अर्घाखाँचीका सम्भावनालाई ‘टेस्टेड’ अनुहारले सदुपयोग गरेनन् : दुर्गा बन्जाडे

उपकार अनलाइन, कपिलबस्तु
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै अर्घाखाँचीमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्लामा ठुला साना राजनैतिक दल तथा स्वतन्त्त उम्मेद्वारहरुले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्रता दिइरहेका छन ।

यसैबिच अर्घाखाँचीको लौरो अभियानका उम्मेद्वार दुर्गा बन्जाडेले पनि अर्घाखाँचीका विभिन्न गाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिइरहनु भएको छ । यसैबिच जिल्लाको सन्धिखर्क नगरपालिकाका विभिन्न ठाउँमा मतदाता भेटघाटको क्रममा रहनुभएका उहाँले जिल्ला बाट पटक पटक उत्कृष्ट मत सहित जित हात पारेर पनि जनचाहाना अनुरुप काम गर्न नसकेको भन्दै बन्जाडेले अहिलेको निर्वाचनमा जनताले ति प्रवृत्तिहरुलाई पाखा लगाउने बताउनु भएको छ । जिल्लामा कृषि, पर्यटन, उद्योग, लगायत विभिन्न सम्भावना हुँदा हुँदै पनि जनताले चाहेअनसार विकास नभएकोले बाध्य भएर आफुले उम्मेद्वारी दिएको समेत उहाँले बताउनु भएको छ ।
जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगार, बसाइसराई लगयात अनेकौँ समस्या हुँदाहुँदै पनि कयौँ पटक जनतालाई झुक्याएर सांसद पद पड्काएका नेताले अहिले जिल्लाको र जिल्लाका जनताको लागि खास कुनै उपलब्धिमुलक काम नगरेको उहाँले बताउनु भएको छ । जिल्लको प्रमुख सडकको रुपमा रहेको गोरुसिङ्गे देखि सन्धिखर्क सम्मको सडक, ढोरपाटन सडक लगायतका सडक खस्कीरहेको भए पनि मुख्य दलका उम्मेद्वारहरु एक अर्का प्रति आरोप प्रत्यारोप मात्र गरिरहेको उहाँले बताउनु भएको छ । चुनाव आउँदा मात्र विभिन्न बिकास र समृद्धिको कुरा गर्ने ति नेतहरुले अरु बेला जनताको आवश्यक्ता कहिल्यै बुझ्ने कोसिस समेत नगरेको उहाँले टिप्पणी गर्नुभएको छ ।

अर्घाखाँची बाट प्रतिनिधि सभाको लागि गठबन्धन बाट पुस्पा भुसालको उम्मेद्वारी रहेको छ, भने एमालेले टोप बहादुर रायमाझीलाई उठाएको छ । भुसाल र रायमाझी पटक पटक सांसद बनीसकेका छन, त्यसैले बन्जाडेलाई यो निर्वाचन जित्नको लागि तेती सहज भेन देखिदैन । तर जनतामा आएको निरासापन र पुरानै अनुहारको प्रवृत्ति हेर्दा जनताले अहिले बन्जाडेलाई जिताउने आकंलन गर्न सकिन्छ ।

कलाकार तथा व्यवसायी समेत रहनु भएका बन्जाडे अहिले अर्घाखाँचीका युवा पुस्तामा मात्र नभएर पुराना पुस्ता सङ्ग पनि निक्कै राम्रो सम्बन्ध स्थापित गर्दै निर्वाचानको तयारी गरिरहनुभएको छ । रायमाझी र भुसालको कार्यकाललाई निक्कै नजिक बाट हेरेका जनताले भने अहिले बन्जाडेलाई नै जिताउने बताउने गर्दछन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation