कास्की–२ को मतगणना सुरु: प्रतिनिधि सभामा घण्टी र प्रदेशमा हलोको अग्रता

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म १ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गर्नुभएको छ ।

अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ । त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेदवार विजयबाबु भण्डारीले अग्रता लिनुभएको हो । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलिय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation