मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना, छ जना प्रहरीको मृत्यु

बैतडी । सोमवार बिहान बैतडीमा भएको जीप दुर्घटनामा छ जना प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १ ज ८५४ नम्बरको जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका( ४ निङ्लाडीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन कठायत, लोकबहादुर कठायत, टेकेन्द्रसिंह ऐर र आसा धामी रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकहरुको परिचय खुल्न बाँकी रहेको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएको छ ।

रासस

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation