कपिलवस्तु १ मा एमालेका बलरामको अग्रता

उपकार अनलाइन, कपिलवस्तु।

कपिलवस्तु १ को मतगणनामा एमालेका बलराम अधिकारीले सुरुवाती अग्रता देखाएका छन् । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को मतगणनामा अधिकारीले ५ सय ४ मत ल्याएर अग्रता बनाएका हुन् ।

यो वडामा १८ सय ४९ मत खसेकोमा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले ४ सय २० मत पाएका छन् । जनमत पार्टीका नरेन्द्र चौधरीले २ सय ९३ मत ल्याएका छन् भने बहुजन शक्ति पार्टीका तपेश्वरी कहारले २ सय ७८ मत पाएका छन् । राप्रपाका धुर्व रायमाझीले १ सय मत पाएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation