रुपन्देही क्षेत्र नं ५ मा कांग्रेसका शाहलाई पछि पार्दै एमालेका घिमिरे अगाडी

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका भरत कुमार शाह पछि परेका छन । यस अघि शाहले अग्रता लिदै आएका थिए । उनलाई नेकपा एमालेका बासुदेव घिमिरेले पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले ५ हजार ७० मत पाएका छन् भने नेपाली काग्रेसका भरतकुमार शाहले ४ हजार ७५२ मत पाएका छन् । एमालेका घिमिरे २०७४ को स्थानिय निर्वाचनमा तिलोत्तमा नगरपालिकाका मेयर भएर उत्कृट काम गरेर लोक प्रिय वेनेका थिए भने कांग्रेसका शाह २०६४ देखि यस क्षेत्रमा जित्दै आएका थिए । घिमिरे र शाहाको मतान्तर ३१८ रहेको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation