कपिलवस्तु १ (क) मा एमालेका पन्थीको अग्रता कायमै

उपकार अनलाइन, बाणगङ्गा ।

कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा (एमाले) का उम्मेदवार बिष्णु पन्थीले ५ हजार ६९३ मतका साथ अग्रता लिएका छन् ।उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली काङ्ग्रेसका उम्मेदवार डोलकराम घिमिरेले ४ हजार ३५५ मत पाएका छन् ।

पन्थी र घिमिरेको मतान्तर १ हजार ३३८ रहेको छ । पछिल्लो बिबरण अनुसार बाणगङ्गा नगरपालिका वडा नम्बर ९ मा एमालेका पन्थीले १५ सय ६८ मत पाएका छन् । घिमिरेले ९ सय ९० मत पाएका छन् ।

राप्रपाका भोजराज आचार्यले ३ सय ३९ मत ल्याएका छन् । हालसम्म यो प्रदेशमा बाणगङ्गाका वडा नम्बर २, १०, ५ र ९ को मतगणना भएको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation