कपिलवस्तुमा जशने व किरत रहमते आलम कन्फरेन्स हुदैं

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा को बुद्ध पदम स्कुल को खेल मैदानमा भव्य रुपका साथ जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा र सुन्नी जामा मस्जिदको शिलान्यास कार्यक्रम यहि मंसिर ११ र १२ गते आइतबार, सोमबार सम्पन्न हुन गइरहेको छ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा वडा नम्बर १ बुद्ध पदम स्कुल को खेल मैदानमा यहि मिति २०७९ मंसिर ११ गते आइतबार साँझ ७ बजे देखि जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा एवं सुन्नी जामा मस्जिदको शिलान्यास कार्यक्रम भव्य रुपका साथ हुन गई रहेको मदरसा अहेले सुन्नत नैमुल वोलुम तौलिहवा का पेश इमाम हजरत मौलाना अलि हसन निजामीले बताए । उक्त रहमते आलम कन्फरेन्स जलसा मा छिमेकी राष्ट्र भारतबाट महाराष्ट्र मुम्बई बाट मौलाना सरोज अहमद चिस्ती , आजमगढ बाट मशहुद बरकाती, बलरामपुर बाट फैजान रजा जमाली, कानपुर बाट नुर अलि नुर कानपुरी, सिधार्थनगर बाट राही वस्ताबी, मुरादाबाद बाट सय्यद फैजानुदिन, सिद्धार्थनगर बाट मौलाना बेलाल लगायत नेपाल अधिराज्य भरीका मौलाना तथा सायरहरुको भव्य उपस्थित रहने छ ।

इस्लाम धर्मालम्बीहरुले गर्नु पर्ने कार्य र इस्लाम सम्बन्धित जानकारी उक्त जलसा कार्यक्रममा दिने छ । पढेर निस्केका हाफिजहरु लाई प्रमाण पत्र दिने तथा मदरसा अहले सुन्नत नाइमुल वोलुम मस्जिद तौलिहवाको शिलन्यास कार्यक्रम रहेको मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिद तौलिहवाका पेश इमाम हजरत मौलाना अलि हसन निजामी ले बताए । साथै सम्पुर्ण इस्लाम धर्मालम्बीहरुलाई पेश इमाम हजरत मौलाना अलि हसन निजामी द्वारा यहि मंसिर ११ गते बुद्ध पदम स्कुल को खेल मैदानमा भारी संख्यामा उपस्थित भई कार्यक्रम भव्यका साथ सम्पन्न गर्न सम्पुर्ण मुस्लिम समुदायहरुमा हार्दिक अनुरोध समेत गरेका छन ।

मदरसा अहले सुन्नत नैमुल वोलुमका कमेटीका अध्यक्ष अधिवक्ता रउफ अहमद खाँ, उपाध्यक्ष निजादुदिन सिद्धकी सचिव अब्दुल गफफार दर्जी कोषाध्यक्ष जााहिद खाँ सदस्यहरु इबरार खाँ , जाबेद अहमद शेख, कमाल अहमद दर्जी, अकबर अलि सब्बाग को सहयोगमा उक्त कार्यक्रम हुन गइरहेको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation