उपकार अनलाइन, सैनामैना ।
बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् ।
एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए । घिमिरे तिलोतमा नगरपालिकाको प्रमुखमा रहदा उत्कृष्ट नगर वनाउन सफल भएका थिए ।