प्रतिनिधि सभा १६१ स्थानको टुङ्गो लाग्यो

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन् ।

नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन् । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन ।

हालसम्म कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका उम्मेदवार ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जित हात पारेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एकरएक ठाउँमा जितेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation