तिलोत्तमा औधोगिक ब्यापार मेलाको तयारी पुरा

उपकार अनलाइन, सैनामैना ।

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पुरा भएको छ । मेलाको तयारी पुरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।

बिहीबार तिलोत्तमा नगरपालिकाका मेयरले महोत्सव उद्घाटन गर्ने जीएमले बताए । उक्त महोत्सवको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा ३ सय स्टल रहने तिलोत्तमा उद्योग ब्यापार संगठनका सचिव युवराज पराजुलीले बताए ।

उक्त महोत्सवमा ब्याडमिन्टन, महिला कस्ती, डान्स आइडल लगायतका विभिन्न प्रतियोगिताहरु समेत राखिएको खेल संयोजक विवश थापाले जानकरी दिए । थापाका अनुसार महोत्सव मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्नेभएका हुन् । मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक गेट समेत निर्माण गरिएको छ । मेला अवधिभर स्थानीय तथा राष्ट्यि कलाकारहरुको संगीतिक प्रस्तुति रहने सांस्कृतिक संयोजक भूपति न्यौपानेले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation