लुम्बिनीको राजधानी माओवादीकै पहलमा दाङ तोकिएको हो : रेखा शर्मा

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले आफ्नो पार्टीको पहल र अग्रसरताले लुम्बिनी प्रदेशको राजधानी दाङ तोक्न सफल भएको दाबी गरेकी छन् । प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको उनले बताइन् । उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको समेत उल्लेख गरिन् ।

फरक प्रसङ्गमा नेतृ शर्माले मंसिर–४ मा सम्पन्न निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् । शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताइन् । उनले माओबादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित छलफल गरेर प्रधानमन्त्री टुङ्गिने बताइन् ।

माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न समेत आग्रह गरिन् । रिपोटर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको सक्षात्कारमा बोल्दै शर्माले दलहरुले अब युवालाई अघि बढाउनु पर्नेमा जोड दिइन् ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation