अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग भिड्ने

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे।

मेसीले खेलको ३५ मिनेटमा ओटामेन्डीको पासमा गोल गरेका थिए। ५७ मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारेका थिए। अस्ट्रेलियाका रायनले गल्ती गरेको बलमा अल्भारेजले गोल गर्न सफल भएका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation