अर्घाखाँची बाट सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले जानकारी दिनुभयाे ।

उनीहरूले सन्धिखर्क नगरपालिकाकाे बसपार्क क्षेत्रमा रक्सी खाएर त्यस वरपरका होटल तथा पसलमा प्रहरी हौँ भन्दै जाँच गर्ने गरेका थिए । साथै उनीहरूले स्थानीयवासीलाई डर देखाउँदै गालीगलाैज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation