लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई द्विप प्रज्वलन गरेर समापन

कपिलवस्तु । ७४औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तु को जितपुर चोकमा दिप प्रज्वलन गर्दै विश्व भर शान्ति का लागि कामना गरिएको छ।

कपिलवस्तु शाखाका सभापति माधब घिमिरे को सभापतित्वमा भएको कार्यक्रम मा १६ दिने लैङ्गकि हिंसा,महिला तथा सबै मानिसको हक अधिकार्का बिशयमा बोल्दै कार्यक्रम का प्रमुख बक्ता कपिलवस्तु नागरिक सामाज का अध्यक्ष एबम अधिकारकर्मी दोलख बहादुर पछाइले अधिकार का लागि सदैब आवज बुलन्द गर्ने शान्ति समाज लगायत का सबै संघ संस्था ले यस्ता कार्यक्रम मा सहकार्य गरि अधिकार का क्षेत्र मा अझ जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने मा जोड दिनुभएको थियो।

संस्था का कपिलवस्तु जिल्ला संस्थापक सभापति गोबिन्द प्रसाद पोख्रेल,संस्था कि सह सचिब बिस्णु पन्थ पाण्डे लगायत ले कार्यक्रम मा अधिकार का लागि शान्ति समाजले उठाएका आवाज संसार का हरेक मानव को जीवन मा सार्थक बन्दै गइरहेको र त्यस्ता आवाज को खोजी गरिरहने भन्दै ७४ औ मानव अधिकार दिवसको शुभकामना प्रदान गर्नु भएको थियो।

कार्यक्रम मा संस्था कि जिल्ला कोशादक्ष सीता मल्ल,सदस्य भुबनेस्वर न्यौपाने ,कृष्ण प्रसाद भट्टराई, शिव कार्की, पुर्व जिल्ला सद्स्य भुमिका मरासिनी,आजिवन सदस्य मदन ढुङाना,शिक्षक भोजराज शर्मा,ब्यबासाइ संकर लम्साल,त्रीलोचन घिमिरे ,शालिकराम आचार्य लगायत संचारकर्मी,सुरक्षाकर्मी,उद्योगि,ब्यबासाइ,आम सर्बसाधारण को उपस्थिति मा भएको कार्यक्रम मा अधिकार बिहिन हरेक मानव का पक्षमा सदैब अग्रभुमिकामा आवाज उठांउदै अगाडि बढिरहने धारणा सहित सभापति माधब घिमिरेले कार्यक्रम को समापन गर्नु भएको थियो। कार्यक्रम मा विश्व शान्ती,लैङ्गकि हिसा र हरेक मानब का अधिकार का बिशयमा आफ्नो धारणा सहित जिल्ला सचीव बुद्दी शागर बेल्बासेले कार्यक्रम को संचालन गरेका थिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation