प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम एवम् अन्तरकृया कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना ।
प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल १२ तामनगरको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।सहकारीताको प्रवर्द्धन गर्ने र सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्य सहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

संस्थाका सचीव प्रकाशमणि खनाल तथा लेखा संयोजक नारायण शर्माले प्रशिक्षण गर्नुभएको सो कार्यक्रममा संस्थाका ५७ जना सेयर सदस्यहरुले सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रममा सहभागी सेयर सदस्य तथा अन्य बक्ताहरुले प्रयास सहकारीले सेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवम् संचालन गर्दै आएकोमा खुसी एवम् सन्तुष्टि व्यक्त गर्नुभयो र आगामी दिनहरुमा पनि निरन्तरताको अपेक्षा गर्नुभएको थियो।
कार्यक्रममा संस्थाको इतिहास समेटिएको शब्द चित्र पनि प्रस्तुत गरिएको थियोे ।

सहकारीताको प्रवर्द्धन गर्ने र प्रयास सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्य सहित आयोजना गरिएको कार्यक्रम जिल्ला बचत संघ, रुपन्देहीका युवा उपसमिति सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष सुर्य बहादुर रानाको प्रमुख आतिथ्यता, अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत एवम् सदस्य तिर्थराज काफ्लेको संचालनमा सम्पन्न भएको हो।

कार्यक्रम चारपाला सामुदायिक बन उपभोक्ता समुहको कार्यालय भवनमा सम्पन्न भएको हो ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation