अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशु कुकुरले खादै गरेको अबस्थामा फेला परेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको प्रत्यक्षदर्शी बताउछन् ।

“शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएकाे अनुमान गर्न सकिन्छ”- एक प्रत्येक्षदर्शीले भने । उक्त शिशु छाेरा रहेकाे छ । बच्चा कुकुरले आधा खाईसकेकाे छ । बच्चा कस्काे र के कारणले फालिएकाे भन्ने कुरा खुलेको छैन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation