गजल: जनताको हितमा जब छलफल हुन्छ

गजल

जनताको हितमा जब छलफल हुन्छ,
सरकार पनि देशभक्तीमै अटल हुन्छ।

हाम्रो बिचारमा त्यो जो सुकै भएपनि,
सांचै त्यही व्यवहार मात्र असल हुन्छ।

जस्ले सकिन रक्षागर्न मातृत्व भूमिको,
त्यही अशक्षम अनि वे(अक्कल हुन्छ।

जिवित छ जातिय छुवाछुत समाजमा,
बिकाश होइन व्यवस्था नै तरल हुन्छ।

लामू समय पछि बन्यो सम्विधान यहां,
वलियो व्यवस्था तब यो अम्मल हुन्छ।

हिमाल पहाड तराई सयौं जातिको हो,
मिलेर बस्यौंभने बल्ल हाम्रो बल हुन्छ।

सुरेशकुमार पान्डे
दाङ घोराही १८

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation